काठमाडौं । राजधानी न्युज पब्लिकेशनका अध्यक्ष महेन्द्र शेरचनको कोरोना संक्रमणबाट निधन भएको छ । ६७ बर्षिय शेरचनको सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा हिजो साँझ निधन भएको हो ।
राजधानी न्युज पब्लिकेशनका संस्थापक अध्यक्ष शेरचन नेपाली मिडिया सञ्चालकहरुको छाता संगठन मिडिया सोसाइटीका पूर्व अध्यक्ष समेत हुनुहुन्छ भने हाल मिडिया अलायन्सको उपाध्यक्ष रहनु भएको छ ।
नेकपा एमालेबाट संविधानसभा सदस्य समेत बन्नु भएका शेरचन नेपाल विज्ञापन बोर्डका सदस्य समेत हुनुहुन्छ भने उहाँ बैदेशिक रोजगार व्यावसायी संघका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो ।
शेरचनका श्रीमती, तीन छोरा र एक छोरी छन् । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।










प्रतिक्रिया दिनुहोस्