Logo २ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026


अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ नेपाली काठमाडौं आइपुगे


0
Shares

काठमाडौं । अफगानिस्तानबाट उद्धार गरिएका १ सय २७ जना नेपाली काठमाडौं आइपुगेका छन् । उनीहरु जजिरा एयरलाइन्सबाट बिहान साँढे १० बजेर १६ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् । तीमध्ये १२६ जना पुरूष र एक जना महिला छन् ।

विभिन्न कम्पनी मार्फत अफगानिस्तानमा काम गर्न पुगेका उनीहरुलाई अमेरिकाले उद्धार गरेर कतारको दोहा पुर्‍याएकाे थियो । दाेहाबाट उनीहरु नेपाल आएका हुन् ।

काबुलस्थित अमेरिकी दूतावासमा कार्यरत नेपालीलाई अमेरिकाले चार्टर्ड जहाजमा काठमाडौं पठाएको हो। उनीहरूको स्वागत गर्न काठमाडौंस्थित अमेरिकी दूतावासका कमर्चारी विमानस्थल पुगेका थिए ।

उनीहरूलाई नेपाली सेनाले सामाखुसीस्थित राधाश्वामीमा लगेर एन्टिजेन परीक्षणा गरिने बताइएकाे छ । उनीहरुकाे काेराेना परीक्षण रिपाेर्ट पाेजेटिभ आए आइसाेलेसनमा राखिने र नेगेटिभ आए आजै घर पठाइनेछ ।

परराष्ट्र मन्त्रालयले अफगानिस्तानमा रहेका नेपाली उद्धार गर्न वैधानिक बाटोबाट श्रम स्वीकृति लिएर गएकाहरूको उद्धारका लागि उनीहरू कार्यरत मिसनहरूसँग नै समन्वय गरिएको छ ।

सरकार अफगानिस्तानमा भएका नेपालीलाई आफ्नो विवरण अनलाइनमा अपडेट गरिदिन पनि अनुरोध गरेको छ । अफगानिस्तानमा कार्यरत नेपालीहरूमध्ये १ सय ६५ जना यसअघि नै स्वदेश फर्किइसकेका थिए । स्वीकृति पाएर अफगानिस्तानमा कार्यरत अझै धेरै नेपाली उद्धारको पर्खाइमा छन् ।