डोलराज रानाभाट
चितवन । चितवनको राप्ती नगरपालिका–३ प्रगति टोलीकी सुजिता भण्डारी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दाका अभियुक्त सुकदेव चण्डारी पूर्पक्षका लागि जेल चलान भएका छन् ।
जिल्ला अदालत चितवनले आरोपीलाई ५० हजार धरौटी माग गरेकोमा धरौटी बुझाउन नसकेपछि सोमबार जेल चलान भएको अदालतका श्रेष्तेदार ईश्वर आचार्यले जानकारी दिनुभयो ।
आचार्यका अनुसार जिल्ला न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले थुनछेक बहसपछि ५० हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।
मृतक सुजिताको ठूलो बुबाका छोरा सुकदेव विरुद्ध सुजिताको आमाले आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गराउनुभएको थियो ।
साउन ६ गते उजुरी दिए पनि सोमबार अदालतमा पहिलो बहस भएको हो । अभियुक्तलाई भने उजुरी दिएको भोलिपल्ट नै चितवन प्रहरीले काठमाडौंबाट पक्राउ गरेको थियो ।
मृतक भण्डारीको काठमाडौं त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम भए पनि अझै सम्म भिसेरा परीक्षणको रिपोर्ट आएको छैन ।
प्रतिक्रिया दिनुहोस्