Logo २ जेष्ठ २०८३, शनिबार | Sun May 17 2026


हेलम्बु बाढी: २२ घर र दुई पुल बगे, तीन घर र दुई पुल डुबानमा


0
Shares

सिन्धुपाल्चोक । असार १ पछि आज फेरि आएको मेलम्ची बाढीले २० घर बगाउनुका साथै ३ घर डुबानममा परेको छ । बाढीले बिहान हेलम्बु र मेलम्ची जोड्ने चनौटेको रातो पुलसमेत बगाएको छ । जसले हेलम्बुसँगको सडक सम्पर्क टुटेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख एसपी राजन अधिकारीका अनुसार चनौटेको पक्की पुलसहित अर्काे एक झोलुंगे पुल बगाएको छ । त्यस्तै १२ पक्की घर, ८ वटा कच्ची घर बगाएको उनले जानकारी दिए ।

बाढीले थप २ वटा झोलुंगे पुल र ३ वटा घर डुबानमा पारेको छ । रेडियो मेलम्चीको भवनसमेत बाढीले बगाएको छ ।

बाढीले सडक ठाउँ ठाउँमा बगाएको छ । मेलम्चीबाट माथि तालामाराड, ग्याल्थुम पुग्न सक्ने अवस्था नभएको प्रदेश सभा सदस्य निमा लामाले जानकारी दिनुभयो । उहाँले बाढीले ठाउँठाउँमा सडक भत्काएको बताउनुभयो ।

लेदोसहित आएको बाढीले तालामाराडको प्रहरी चौकीको भान्छा घर भत्काएको स्थानीयवासीले जानकारी दिए । अहिले पनि विभिन्न ठाउँमा पहिरो गइरहेको छ । हेलम्बुको किउल बजार जोखिममा रहेको छ ।