 
	    काठमाडौं, कात्तिक १३ । पछिल्लो २४ घण्टामा २३६४ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यकामा १६१५ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा १३३८, ललितपुरमा १८० र भक्तपुरमा ९७ जना संक्रमित थपिएका छन् ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७१८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९७६९ जनाको पीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३०३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।
योसँगै डिस्चार्ज हुनेको संख्या १ लाख २४ हजार ८६२ पुगेको छ ।
हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ९५२ रहेको छ ।
पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९०४ पुगेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्