२३ बैशाख २०८२, मंगलबार | Tue May 6 2025


पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो


0
Shares

health ministry corona death

काठमाडौं, भदौ १४ । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ ।

आइतबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार कोरोनाको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।

मृत्यु हुनेमा ४ जना महिला र १० पुरूष छन् ।

४ महिला सुनसरी, बारा, महोत्तरी र काठमाडौंका हुन् ।

१० जना पुरुषमा सुनसरी, मोरङ, नवलपरासी, रौटहट, ललितपुर, भक्तपुरका एक/एक जना छन् भने महोत्तरी र रूपन्देहका दुई/दुई जना पुरूष छन् ।