२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


समय छँदै देश बचाउन जागृत हुन देशबासीलाई पूर्वराजा ज्ञानेन्द्रको आह्वान


0
Shares

                                                                                         फाइल फोटो
बुधबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै पूर्वराजा शाहले ‘बाह्यशक्तिको प्रभावमा हिमाल, पहाड र तराईबीचको एकताभाव तोड्ने र नेपाली–नेपालीबीचको सद्भाव खल्बल्याउने प्रयास भइरहेको’ बताएका हुन् ।

‘क्रान्तिकारिता, परिवर्तनकारी र बलिदानजस्ता शब्दको दुरुपयोग गर्दै बाह्यशक्तिको अनुचित प्रभावमा राष्ट्रलाई कमजोर बनाउने र राष्ट्रियगौरव नस्ट गर्न अस्थायी सत्ताहरु हावी भएको’ आरोप पनि पूर्वराजा शाहले लगाएका छन् ।

राष्ट्रप्रेम र राष्ट्रियताप्रतिको आस्था अझैपनि नढलेको उल्लेख गर्दै उनले नेपाल र नेपालीको अजय शक्तिको रक्षा गर्न पनि देशबासीलाई आह्वान गरेका छन् ।

समय भड्किसकेपछि पछुताउनुको अर्थ नहुने भन्दै पूर्वराजा शाहले ‘हामी मरे पनि देश बाँचिरहोस् भन्ने भावनाबाट जागृत भइ नेपालीको अजेय शक्ति रक्षा गर्न’ आह्वान गरेका हुन् ।