Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


इन्द्रजात्राको यःसिं (इन्द्रध्वज) र मानन्धरहरुको भूमिका

यःसिंको अर्थःनेपालभाषामा यःको अर्थ मनपर्ने र सिँ भन्नाले काठ हुन्छ । चाडपर्वसँग सम्बन्धित विशेष अवसरमा ठड्याउने काठलाई यःसिँ भन्ने गरेको पाइन्छ । श्रुती परम्पराको व्यापक प्रयोग हुँदैआएको नेपालभाषामा श्रुतीसमभिन्नार्थक शब्द धेरै हुनाले पर्व विशेषमा ठड्याउने काठलाई यःसिं, यःसिँ, यःसि, ल्यःसिं, ल्यःसिंद्यः, लिङ्गो, इन्द्रध्वज, विश्वध्वजको रुपमा उच्चारण गरेको पाइन्छ । आकारमा लामो, ठाडो काठको दण्ड/स्तम्भ भएकाले…