काठमाडाैं । आज फागुन २४ अर्थात मार्च ८, ११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ। यसैगरी आज नेपालमा पनि लैङ्गिक समनताको बलियो आधार: सिर्जनात्मक प्राविधिमा महिला पहुचको विस्तार भन्ने मुल नाराका साथ मनाइँदै छ।
यो दिवस सन १९०८ मा न्यु योर्क सिटिमा १५ हजार महिलामाथि श्रम शोषण हुँदा त्यसविरुद्ध तत्कालीन अवस्थामा नारी मुक्ति आन्दोलनकी प्रणेता क्लारा जेट्कीनले महिलाहरुले न्यायको निम्ति आवाज उठाएको दिनको स्मरणमा हाल सम्मका उपलब्धिलाई संस्थागत गर्दै विश्वभर अन्तर्रास्ट्रिय महिला दिवस मनाउन सुरु गरेको हो।
यो दिवस महिलाको शस्क्तीकरण शैक्षिक, आर्थिक तथा प्राविधिक क्षेत्रमा महिलाहरुको समान पहुँच, न्यायको निम्ति विश्व महिला आन्दोलनले हालसम्म प्राप्त गरेका उपलब्धिहरू सभा, गोष्ठी, र्याली, अन्तरकृया गर्दै विभिन्न नाराका साथ मनाउँदै गरिएको छ।
आजका दिन महिलाहरू सामाजिक चेतना विकासमा जोड दिने, राजनीतिक पहुँच बढाउने, न्यायलयमा समानताको हक खोज्ने आर्थिक र उत्पादनको क्षेत्रमा भागीदारी हुने, सम्मानजक श्रम र श्रम मूल्यमा समानता कायम हुनुपर्ने एजेन्डाको सामूहिक वकालत गर्दै मनाइने गरिन्छ ।
आज मुलुकको सर्वाेच्च संस्थामा महिला राष्ट्रपति, विगतको केही उदाहरण हेर्ने हो भने पनि जनताको प्रतिनिधि मुलक संस्था व्यवस्थापिकामा महिला, संघीय सांसदको थलो जनताको आवाज बोल्ने ठाउमा नी महिला पुग्नु भएको छ। तर पनि मुलुकमा महिलाहरुले अनेकौं समस्याको ओझेलमा पर्नु परेको छ।
प्रत्येक दिन ५० जना महिला हिंसाको सिकार बन्नु परेको छ। भर्खरैको डाटा हेर्ने हो भने ५५ महिनामा १ हजार १ सय महिलाको हत्या भएको छ। देशको ५१% जनसंख्या ओगटेको महिलाहरुको अवस्थामा पछाडि पर्नु भनेको देश विकासको बाधक हो। हाम्रो परम्परागत रुपमा चली आएको मुल्य मान्यताका कारण आज कयौं महिला हिंसाको सिकार छ्न् । जस्तैः दुर दराजका महिलाले नारी दिवस आएको गएको महसुस गर्न सकेका छैनन्, दाइजो प्रथाले कयौं नारी समस्याको चपेटामा पिल्सिएका छन्, महिलाले बोक्सीको आरोप खेप्नु परेको छ, देउकी प्रथाले समाजमा अपराधिक क्रियाकलाप बढाएको छ, पारिवारिक तथा व्यक्तिगत समस्या भोग्नु परेको छ, छाउपडि प्रथाले गर्दा थुप्रै नारीले व्याक्तिगत, पारिवारिक तथा सामाजिक यातनाका साथै अकालमै ज्यान गुमाउनु परेकाे छ । छोरी भएकै कारण भुर्ण हत्या गरिनुका साथै शिक्षाबाट वञ्चित गरिएकाे छ ।
पितृसत्तात्मक शोषणले महिलाहरुलाई थुप्रै समस्या ओझेल्नु परेको छ । नारीलाई घरको चौघेरामा सिमित बनाएको हाम्रो समाजले नारी घरको काममा १६ घन्टा खटिदा पनि पुरुषले त्यसको कुनै महत्व नदिने वा नबुझ्ने उल्टै स्वयम आफैँले कमाएर पालेको उदाहरण पनि हाम्रै समाजमा छ ।
महिलाहरू हरेक ठाउमा शोषणमा छन्।अन्य देशको अवस्था हेर्ने हो भने पनि अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ महिलालाई शिक्षा बाट वञ्चित गरिएको छ। महिला तथा बालबालिका मन्त्रालय हटाइएको छ त्यहाँ, हरेक तहमा महिलाको पहुँचमा कमी गरिएकाे छ त्यहाँ। हरेक तहमा महिला नेतृत्वको विकास हुन सकेको छैन । तीनै तहको सरकारको कुरा गर्ने हो भने पनि स्थानीय सरकारलाई न्यायीक अधिकारसम्मको गाउँपालिका वा नगरपालिकाको उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति बनाउने भनेर संविधानले व्यवस्था गरेको छ। तर हामीले पीडीतलाई सँगै राखेर छ्लफल गर्ने पीडीतलाई न्याय दिनेको निम्ति आफ्नो कुरा राख्न सक्ने सम्मको ठाउँ पनि बनाउन सकेको छैनौ।
यी कुराले के प्रष्ट पार्छ भने हाम्रो नीति एकातिर छ भने व्यवहार कार्य शैली अर्को तिर भएको कारणले गर्दा पहिले हामीले हाम्रो व्यवहार सुधार्न जरुरी छ। राज्यले यस्ता शोषणको समाधान र महिलाको क्षमता विकास र नेतृत्वको निम्ति हाम्रो संविधानमा भएको ऐन नियम कानुनलाई पुर्ण रुपमा कार्यनयन गर्नु पर्छ, कतिपय ऐन कार्यनयनमा छैनन् भने कुनै ऐन नारी सम्वद्ध छैनन् । सबै मिलेर महिलाहरुको समस्याको पहिचान गरी दीर्घकालीन नीति नियम बनाएर महिला क्षमता विकास र शसक्तीकरणको र जन चेतनाको आवश्यक बजेटको व्यवस्था गरी सबै महिला एक्यबद्धता हुन आवश्यक छ। साथै यो राष्ट्रको मुल समस्या भएकोले यसलाई समाधानको लागि राज्य गम्भीर भएर लाग्नुपर्छ। हरेक नीति निर्माणमा महिलालाई समेटनु पर्ने छ, महिलाहरु शोषण के कारणले भैरहेको छन् । ती घटनाको दीर्घकालीन खोज अनुसन्धान गरी समाधान गर्नु पर्छ। घटना केवल १ दिने सहरमुखी मात्र नबनोस महिला मुक्तिका आन्दोलन। सबैमा ११३ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना ।










प्रतिक्रिया दिनुहोस्