Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


रसुवा बाढी वितण्डा: उद्धारका लागि सेनाकाे हेलिकोप्टर पठाइयो

निजी कम्पनीका हेलिकोप्टर तयारी अवस्थामा

247
Shares

काठमाडौं । रसुवा भोटेकोशीमा आएको बाढीपीडितको उद्धारका लागि हेलिकोप्टर पठाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा सम्भावित उद्धार तथा राहतका लागि मेडिकल टिमसहित नेपाली सेनाका दुई वटा हेलिकोप्टर प्रभावित क्षेत्रतर्फ पठाइसकिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको हाे।

निजी कम्पनीका हेलिकोप्टरहरूलाई उद्धार तथा खोजका लागि तयारी अवस्थामा राखिएको छ । प्रधानमन्त्री शाहले बुधबार बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाउनुभएकाे हाे ।