Logo १० भाद्र २०८३, बुधबार | Wed Aug 26 2026


भोटेकोशी नदीमा आएकाे बाढी गल्छी पुग्याे

त्रिशूली तटीय क्षेत्र र राजमार्ग आसपासका बस्ती खाली गर्न बाढी महाशाखाकाे आग्रह

0
Shares

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको भीषण बाढी त्रिशूली नदी हुँदै अगाडि बढेपछि नदी तटीय क्षेत्रमा जोखिम बढेको छ।

बुधबार बिहान १०:२८ बजे अपडेट जारी गर्दै बाढी पूर्वानुमान महाशाखाले उक्त बाढी धादिङको गल्छी आसपास पुगेको र अबको केही घण्टामा मुग्लिन पार हुने जनाएको हाे। बाढीको जोखिमलाई ध्यानमा राख्दै महाशाखाले पृथ्वी राजमार्ग तथा मुग्लिन-नारायणगढ राजमार्ग लगायत त्रिशूली नदी नजिकका बस्ती र बजार क्षेत्र खाली गर्न अनुरोध गरेको छ।

महाशाखाले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै त्रिशूली नदी किनारका बस्ती र बजार क्षेत्र खाली गरी उच्च शतर्कतासहित सुरक्षित स्थानमा रहन सकेत अनुराेध गरेकाे हाे।