Logo २६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026


धादिङको त्रिशूली नदी र अन्य खोला किनारका बस्तीहरू जोखिममा

त्रिशूली तटीय क्षेत्र र राजमार्ग आसपासका बस्ती खाली गर्न प्रशासनकाे आग्रह

507
Shares


काठमाडौं ।
रसुवाबाट आएको बाढीका कारण धादिङको त्रिशूली नदी र अन्य खोला किनारका बस्तीहरू जोखिममा परेपछि प्रशासनले धमाधम सुरक्षित स्थानमा सार्न थालेको छ।

बाढी गल्छी क्षेत्रसम्म आइपुगेकाले तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित ठाउँमा लैजाने कामलाई तीव्र पारिएको हो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले बाढीले गल्छीमा एउटा झोलुङ्गे पुल बगाइसकेको बताउनुभयाे।

बाढीको सतह निरन्तर बढ्दै गएका कारण मलेखु र गल्छी क्षेत्रका खोला किनारमा रहेका बस्तीहरूलाई प्राथमिकताका साथ खाली गराउन थालिएको छ। उहाँले मानवीय क्षति हुन नदिन सुरक्षा निकायका सबै टोलीहरू फिल्डमै खटिएकाे बताउनुभयाे।