कार्यदल « Image Khabar


सत्ताधारी कार्यदलले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन, मन्त्रीहरुका लागि १४ बूँदे आचारसंहिता

काठमाडौं । सरकारका न्यूनतम साझा कार्यक्रम बनाउन गठित कार्यदलले साझा कार्यक्रम र सरकार संचालनको कार्यविधिसहितको प्रतिवेदन आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बुझाइएको प्रतिवेदनमा

विघटित कार्यदलका सदस्यहरूको बैठक : एमाले एकतालाई छिटो टुंग्याउनुपर्नेमा जोड

एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा शनिबार बसेको विघटित एकता कार्यदलको बैठकमा नेताहरूले एकतामा ढिलाई भए पार्टीमा थप क्षति पुग्ने निष्कर्ष निकाल्दै छिटो टुंग्याउनुपर्नेमा जोड दिएका हुन् ।

सरकार सञ्चालनका लागि गठन गरिएको कार्यदलको बैठक बस्दै

काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकार सञ्चालनका लागि सुझाव दिन भन्दै गठन गरिएको कार्यदलको बैठक आज अपराह्न ४ बजे बस्दैछ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्न लागेको हो ।

पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने एमाले नेताहरूको प्रतिबद्धता

पार्टीलाई एकतावद्ध बनाउने आम पार्टी पंक्तिको चिन्ता र सरोकारलाई सम्बोधन गर्न स्थायी समितिका नेताहरूबीच अनौपचारिक छलफललाई अघि बढाइएको पार्टीका सचिव गोकर्ण विष्टले बताउनुभयो ।

एमालेमा सहमतिको खाका कोरिएको कार्यदलका नेताहरुको दावी, शिर्ष तहमा सहमति भएपछि आज सार्वजनिक गरिने

काठमाडौं । नेकपा एमालेको कार्यदलले पार्टीको आन्तरिक विवाद समाधान गर्दै सहमतिको खाका कोरेको दावी गरिएको छ । हिजोको बैठकमा सहमति जुटेको र आज शिर्ष तहमा छलफल भएपछि उक्त सहमति सार्वजनिक

धेरै हदसम्म सफल भएका छौं, भोलि सुखद समाचार दिन्छौं– गोकर्ण विष्ट

उहाँले भन्नुभयो, ‘हामीले समग्रतामै समस्या समाधान खोजेका छौं । आम पार्टी पंक्तिले अपेक्षा गरेको र एमालेलाई माया गर्ने जनताले चाहेको सुखद समाचार भोलि नै दिन्छौं । हामी धेरै हदसम्म सफल

एमाले एकता कार्यदलको बैठक सिंहदरबारमा जारी

हिजो झण्डै ७ घण्टा बसेको कार्यदलको बैठक सहमतिनजिक पुगेको नेताहरूले बताएका थिए । उनीहरूले केही भाषिक त्रुटीहरू सच्याएर शनिबार सार्वजनिक गर्ने बताएका थिए ।

एमाले कार्यदलकाे वार्ता सहमतिनजिक, भाषागत विषय बाँकी रहेकाे नेताहरूकाे भनाइ

‘छलफल गरेका आधा दर्जन विषयमध्ये धेरै विषयमा सहमति भएको छ,’ उहाँले भन्नुभयो, ‘एकाध विषय बाँकी छन्, ती विषयमा भोलि टुङ्गोमा पुग्छन् ।’

एमाले एकता कार्यदलको वार्ता सहमतिनजिक, आजै पूर्णता दिइने

‘मस्यौदामा हामीलार्ई लागेको सुझावहरू दियौं,’ उहाँले भन्नुभयो, ‘सुझावहरूलाई मस्यौदामा सामेल गरेर सम्भव भएसम्म आजै पूर्णतामा पुर्याउने प्रयासमा छौं ।’

एमाले कार्यदलको बैठक आज पनि, सहमति गरेर हस्ताक्षर हुने नेताहरुको दावी

काठमाडौं । पार्टीमा आन्तरिक विवाद बढेसँगै गठन भएको नेकपा एमालेको कार्यदलको बैठक आज पनि बस्दै छ । पछिल्ला केही दिनदेखि निरन्तर छलफल गरिरहेका कार्यदलले आजको बैठकमा सबै विवादको समाधन गर्ने