एमालेमा अन्तर्घातको छानविन गर्न कार्यदल, संयोजक विष्णु पौडेल « Imagekhabar – Online News Portal of Nepal
२ भाद्र २०७९, बिहीबार | Thu Aug 18 2022


एमालेमा अन्तर्घातको छानविन गर्न कार्यदल, संयोजक विष्णु पौडेल


156
Shares

काठमाडौं । नेकपा (एमाले)ले स्थानीय तहमा भएको अन्तर्घातको सम्बन्धमा परेका उजुरी छानविन र कारबाहीको सिफारिस गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।

एमालेको केन्द्रीय सचिवालयको आइतबार बसेको बैठकले गठन गरेको कार्यदलको सदस्यमा निर्वाचन विभागका प्रमुख देवेन्द्र दाहाल र संगठन विभागका प्रमुख खगराज अधिकारी सदस्य रहेका छन् ।

कार्यदलले स्थानीय चुनावको क्रममा भएको अनुशासनहीन गतिविधिमा संलग्न रहेको भन्दै परेको उजुरीको छानविन र कारबाहीको सिफारिस गर्नेछ ।

चुनावमा धेरै स्थानमा नेताहरूले नै आफूले इच्छाएका व्यक्तिले टिकट नपाएपछि अन्तर्घात गरेको भन्दै उजुरी परेका छन् । कार्यदलले त्यसको निरुपणका लागि काम गर्नेछ ।