सिट बाँडफाँट प्रस्तावको जिम्मा सिटौलालाई दिने कार्यदलकाे निर्णय « Imagekhabar – Online News Portal of Nepal
२० आश्विन २०७९, बिहीबार | Thu Oct 6 2022


सिट बाँडफाँट प्रस्तावको जिम्मा सिटौलालाई दिने कार्यदलकाे निर्णय


1.014k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।

एकीकृत समाजवादी पार्टी २०७८ मा मात्र बनेकाले उसको हकमा विशिष्ट रूपमा हेरिने कार्यदलका सदस्य एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

बुधबार दिउँसो ४ बजे बस्ने बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजकलाई दिइएको उहाँले बताउनुभयो ।