काभ्रे । काभ्रेको धुलिखेलमा बिहीबारबाट सुरु भएको छ । अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च शिक्षा आर्जनका लागि नेपालजस्ता दक्षिणी मुलुकबाट हुने आर्थिक बहाव रोक्नुपर्ने बताउनुभएको छ । सम्मेलनको उद्घाटनका क्रममा प्रधानमन्त्री दाहालले बहुसङ्ख्यक युवा र उनीहरुसँग सम्बन्धित स्रोतहरु स्वदेशमै राख्न पहल गर्नुपर्नेमा जोड दिंदै विश्वव्यापी रूपमा अवसर खोज्नेहरुका लागि अनुकूल हुने वातावरण नेपालमा…