काठमाडौं । चिकित्सा शिक्षा आयोगको आज १५ औँ बैठक बस्दैछ । चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीको मुख्य विषयलाई नसमेटीकन बैठक बस्न लागेको हो । बैठकमा विवादित पिजी भर्नाको विषय भने उल्लेख छैन ।
चिकित्सा शिक्षातर्फ स्नातकोत्तर तह (पिजी) को भर्नाका विषयमा यस पटक निजी मेडिकल कलेज र चिकित्सा शिक्षा आयोगबिच विवाद उत्पन्न हुँदा ७५० विद्यार्थी पिजी अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था छ ।
चिकित्सा आयोगका अध्यक्ष रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार बिहान ११ बजेका लागि बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा निजी मेडिकल कलेजमा पिजी भर्नाका विषयमा यस पटक देखिएको विवादले स्थान पाउनुपर्नेमा बैठकका एजेन्डामा सामान्य विषय मात्र समेटिएका छन् ।
बैठकका मुख्य एजेन्डामा आयोगले नौ वटा विषय पठाएको छ । त्यसमा पिजी भर्नामा देखिएको विवादको विषय उल्लेख छैन ।
प्रतिक्रिया दिनुहोस्