Logo २६ चैत्र २०८२, बिहिबार | Thu Apr 9 2026


काभ्रेमा दिउँसो १ बजेसम्म २७ प्रतिशत मत खस्याे

काभ्रे । काभ्रे जिल्लामा जारी प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत दिउँसो १ बजेसम्म २७ प्रतिशत मत खसेको छ । निर्वाचन कार्यालयका अनुसार हालसम्म ९० हजार ३ जनाले मतदान गरेका छन् । जसमा ३७ हजार ७६१ महिला र ५२ हजार २४२ पुरुष मतदाता रहेका छन् । जिल्लाका विभिन्न मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको जनाइएको छ ।