काठमाडौं, चैत २८ । विकिलिक्सका संस्थापक जुलिएन असान्ज लन्डनमा पक्राउ परेका छन् । लन्डनस्थित इक्वेडरको दूतावासबाट उनलाई पक्राउ गरिएको हो । असान्ज सन् २०१२ देखि इक्वेडरको दूतावासमा शरण लिइरहेका थिए । बेलायती अदालतले आत्मसमर्पण गर्न दिएको आदेश उनले अस्वीकार गरेकाले उनलाई पक्राउ गरिएको बेलायत सरकारले जनाएको छ । गत मार्चदेखि इक्वेडर सरकारले असान्जमाथि बाह्य सम्पर्कका…