काठमाडौं । स्थानीय चुनावमा विपक्षी उम्मेदवारलाई सहभागी हुन नदिइएको विरोधमा रुसको मस्कोमा विशाल प्रदर्शन भएपछि प्रहरीले एक हजारभन्दा बढीलाई पक्राउ गरेको छ । सिटी हलमा भएको प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्दै ठूलो संख्यामा प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको हो । विपक्षीलाई चुनावमा सहभागी हुन नदिएको भन्दै प्रदर्शनकारीहरुले चर्को विरोध गरेपछि प्रहरीले लाठी चार्ज गर्दै गिरफ्तार गरेको हो…