२२ मंसिर २०८०, शुक्रबार | Fri Dec 8 2023


समर्थक नदेखिएपछि अमेरिकी राष्ट्रपतिकी दावेदार कमला ह्यारिस चुनाव नलड्ने


0
Shares

काठमाडौं, मंसिर १८ । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा रहेकी कमला ह्यारिस चुनावी मैदानबाट पछि हटेकी छिन् ।

क्यालिफोर्नियाकी सिनेटर ह्यारिसले उम्मेदवारी प्राप्त गर्ने अभियानको सुरु गर्दा जस्तो समर्थन नदेखेपछि चुनावी मैदानबाट बाहिरिने घोषणा गरेकी हुन् ।

गत जनवरीमा ह्यारिसले उम्मेदवारी घोषणा गर्दा उनको समर्थनमा धेरै मानिस रहेको देखिएको थियो । तर अभियान चल्दै जाँदा र धेरै नेताहरुको दाबी रहेको डेमोत्र्याट फिल्डमा कमला संकटमा परेकी हुन् ।

गत नोभेम्बरमा पैसाको अभावका कारण ह्यारिसको चुनावी अभियानको बाल्टिमोर स्थित हेडक्वाटर तथा न्यू ह्यामशर र क्यालिफोर्निया स्थित कार्यालयका कर्मचारीलाई कामबाट निकालिएको थियो ।

५५ वर्षकी कमला ह्यारिस राष्ट्रपति डोनाल्ड ट्रम्पकी कडा आलोचक हन् । उनलाई डेमोक्रयाटिक पार्टी भित्र लोकप्रिय हुँदै गएको नेताका रुपमा हेरिएको थियो । एजेन्सी