काठमाडौं, साउन १८ । सुडानको अन्तरिम सैनिक परिषद् र मुख्य विपक्षी गठबन्धनबीच संवैधानिक घोषणापत्रसम्बन्धी सम्झौता भएको छ । यो घोषणापत्रले नयाँ अन्तरिम सरकार बनाउने बाटो खुलेको छ । सुडानका लागि अफ्रिकी युनियनका प्रतिनिधि मोहम्मद हान्स लेबाटले सम्झौताका केही प्राविधिक पक्ष मिलाउन बाँकी रहेको जानकारी दिए । सम्झौतामा नयाँ सरकार गठनदेखि शान्ति–प्रक्रिया हुँदै निर्वाचनसम्मका विषयवस्तु समेटिएको…