२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कंगोमा इबोलाको महामारी नियन्त्रण गर्न तीन बर्ष लाग्ने


0
Shares

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोलाको महामारी अन्त्य गर्न अझै कम्तिमा तीन वर्ष लाग्ने भएको छ ।

इबोलाविरुद्धको अभियानमा समन्वय गरीरहेको सरकारी टोलीले हालसम्म इबोलाका ५० प्रतिशत संक्रमणमात्रै पहिचान भएकाले पूर्णरुपमा नियन्त्रण गर्न तीन वर्ष लाग्ने जनाएको हो ।

समन्वय समितिका जो ज्याक्स मुएम्बीले इबोलाको महामारी नियन्त्रण गर्न गम्भीर चुनौतीहरु देखिएको बताए ।

उनले इबोला महामारी नियन्त्रणका लागि अहिले गरिएको भन्दा थप प्रयासको खाँचो रहेको स्पष्ट पारे ।

अहिले पहिचान भएको जति नै इबोलाको संक्रमण पहिचान भन्दा बाहिर रहेको हुन सक्ने र त्यसले समस्या विकराल बन्ने उनको चेतावनी छ ।

रुवान्डासँग सीमा जोडिएको गोमा शहरमा पनि इबोलाको संक्रमण फैलिएपछि चिन्ता थपिएको छ ।

यो हप्ता इबोलाका कारण निधन भएका गोमाका एक व्यक्तिका १० सन्तान रहेको र अरु धेरै व्यक्तिमा पनि संक्रमण फैलिएको उनले बताए ।

इबोलाका कारण कंगोमा १ हजार ८ सयभन्दा बढीको मृत्यु भइसकेको छ ।

यसबाट २ हजार ७ सयभन्दा बढी संक्रमित छन् । कंगोको इतिहासमा यो हालसम्मकै भयानक इबोला संक्रमण हो ।

कंगोमा जारी हिंसाका कारण इबोलाविरुद्धको अभियानमा समस्या छ ।

यो हप्ताको सुरुमा रुवाण्डाले संक्रमण फैलिन सक्ने भयमा कंगोसँगको सीमा क्षेत्र आंशिक रुपमा बन्द गरेको छ ।(एजेन्सी)