एजेन्सी । इजरायलका राष्ट्रपति आइज्याक हर्जोगले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पुर्ण रुपमा प्रतिवद्ध रहेको जानकारी दिनुभएको छ । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितको ओहोदाको प्रमाणपत्र बुझेपछि भएकोे शिष्टाचार भेटघाटका क्रममा उक्त प्रतिवद्धता व्यक्त गर्नुभएको हो । इजरायलस्थित नेपाली दूतावासका अनुसार राष्ट्रपति हर्जोगले विशेष गरी इजरायल सरकार विपिनसँगै सबै बन्धकहरूलाई फिर्ता ल्याउन…