
एजेन्सी । अमेरिकाको क्यालिफोर्नीया राज्यको लस एन्जलस क्षेत्रमा लागेको तीनवटा डढेलो अझैपनि नियन्त्रणमा आउन सकेको छैन । साना डढेलोहरु नियन्त्रणमा आएपनि मुख्य डढेलो अझै फैलिइरहेको छ ।
सबैभन्दा ठूलो प्यासिफकि पालिसेड्सको डढेलो १४ प्रतिशत मात्रै नियन्त्रणमा लिन सकिएको शहरका मेयरले बताएका छन् । लस एन्जलस शहरका मेयर करेन बासका अनुसार आज तीव्र हावाको प्रक्षेपण गरिएकाले आगलागी झनैं फैलिनसक्ने जोखिम देखिएको छ ।
डढेलोमा परि हालसम्म कम्तीमा २४ जनको मृत्यु भएको पुष्टी भइसकेको छ । २३ जना बेपत्ता छन् । डढेलो प्रभावित क्षेत्रमा लुटपाटको आरोपमा नौ जनालाई पक्राउ गरिएको छ । प्यासिफिक पालिसेड्सको सिंगो समुदाय खरानी हुँदा तीन सयभन्दा बढी परिवारले घरबार गुमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्