काठमाडौं, कात्तिक २१ । भारतले आफ्नो नयाँ राजनीतिक नक्सामा नेपालको सीमा नमिचेको दाबी गरेको छ । बिहीबार नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले नयाँ नक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको दाबी गरेका हुन् । नक्सामा भारतको सार्वभौम भूमि नै रहेको बताउँदै उनले नक्सामा कुनै सीमा परिवर्तन नगरिएको दाबी गरे…