काठमाडौं, मंसिर २३ । न्यूजील्यान्डमा ज्वालामुखी विस्फोट हुँदा पाँच जनाको मृत्यु भएको छ । थुप्रै व्यक्ति सम्पर्कविहीन भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । झन्डै २० जना मानिस घाइते भएका र घाइतेमध्ये केही गम्भीर अवस्थामा छन् । घाइतेहरूको शरीर पोलेको छ । देशको उत्तरपूर्वी भेगको ह्वकारी पनि भनिने ह्वाईट आईल्यान्ड नामक…