बर्लिन, चैत १७ । जर्मनीको आर्थिक केन्द्र रहेको फ्रान्कफर्टसमेत समेटिने हेस्सी प्रान्तका अर्थ राज्यमन्त्री थोमस साफरले आत्महत्या गरेका छन् । प्रान्तीय गभर्नर भोल्कर बोउफियरकाअनुसार ५४ वर्षीय थोमसको शव फ्रान्कफर्टनजिकैको होखेमस्थित रेलवे ट्रयाकमा फेला परेको थियो । थोमस जर्मन चान्सलर एन्जेला मर्केलको क्रिस्टियन डेमोक्रेटिक युनियनका सदस्यसमेत थिए । कोरोनाभाइरसबाट उत्पन्न आर्थिक संकटका कारण उनी केही समयदेखि…