एजेन्सी । उत्तर कोरियाका नेता किम जोङ उनले देशको सार्वभौमिकता र राष्ट्रिय सुरक्षाका लागि सकारात्मक र आक्रामक कारवाही गर्नुपर्ने बताएका छन् । राजधानी प्योङयाङमा आफ्ना नेताहरुलाई सम्बोधन गर्दै किमले आक्रामक कारवाहीका बारेमा भने स्पष्ट रुपमा नखुलाएको कोरियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । मिसाइल परीक्षण र आणविक नीतिका विषयमा अमेरिकासँगको सम्बन्ध चिसिँदै गएका बेला नेता किमको यस्तो…