१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024


चीनमा कोरोना भाइरसबाट नयाँ संक्रमणीत घट्दो गतिमा


0
Shares

काठमाडौं, फागुन ४ । चीनले कोरोना भाइरसको नयाँ संक्रमण लगातार तेस्रो दिन पनि घटेको जनाएको छ ।

हिजो र अस्ति पनि नयाँ संक्रमणको दर घट्टो अबस्थामा थियो ।

चीनका विदेशमन्त्री वाङ यीले संक्रमणको घट्दो दरले समग्रमा संक्रमण नियन्त्रण गर्न सकिने अवस्थामा रहेको बताए । संक्रमण रोकथाम र पूर्ण नियन्त्रणका लागि चीनले चालेको कदम सायदै अरु मुलुकले गर्न सक्ने उनको भनाई छ ।

यता आज मात्र कोभिड–नाइन्टिन नाम दिइएको भाइरसका २ हजार संक्रमित र थप १ सय ४२ जनाका मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

चीनमा हालसम्म ६८ हजार भन्दा बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ भने मृत्यु हुनेको संख्या बढेर १६ सय ६५ पुगेको छ ।

चीन बाहिर करिब ३० देशमा ५ सय जना भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । फ्रान्स, हङकङ, फिलिपिन्स र जापानमा एक/एक जनाको मृत्यु भएको छ । (एजेन्सी)