एजेन्सी । भारतको नयाँदिल्लीको मुख्यमन्त्रीमा रेखा गुप्ताले शपथ लिनुभएको छ । रामलीला मैदानमा बिहीबार दिउँसो आयोजित समारोहमा मुख्यमन्त्री गुप्ताले शपथ लिनुभएको हो । गुप्तासँगै ६ जना मन्त्रीले पनि शपथ लिएका छन् । समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाहलगायत भारतीय जनता पार्टी (भाजपा) का उच्च तहका नेताहरु तथा विभिन्न राज्यका मुख्यमन्त्रीहरुको उपस्थिती रहेको थियो ।…