Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


अमेरिकी सहायता रोक्ने ट्रम्पको निर्णय सच्याउन संयुक्त राष्ट्रसंघको आग्रह


2.1k
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले अमेरिकी सहायता रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्णय सच्याउन चेतावनी दिएको छ ।

संयुक्त राष्ट्रसंघको एचआइभी एड्स कार्यक्रमका निर्देशक विनी ब्यानिमाले विश्वलाई दिँइदै आएको विदेशी सहायता रोकेमा विश्वका लाखौं एड्स रोगीहरुको मृत्यु हुने चेतावनी दिनुभएको हो ।्

इथियोपियाको अदीस अबामा आयोजना गरिएको अफ्रिकी शिखर सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संयुक्त राज्य अन्तराष्ट्रिय विकास एजेन्सी युएसएडबाट दिँइदै आएको अनुदानका कारण विश्वभरका एड्स रोगीहरुलाई राहत मिलेको भन्दै उनीहरुको जिउने अधिकार हनन नगर्न ट्रम्पलाई निर्देशक व्यानिमाले सुझाव समेत दिनुभएको छ ।

गत जनवरीमा अमेरिकाको राष्ट्रपति पद सम्हालेपछि ट्रम्पले युएसएड परियोजनाअन्तर्गत वितरण गर्दै आएको सहायता तीन महिनाका लागि रोकेपछि ब्यामिनाले यसको असर विशेष गरी एड्स रोगीहरुलाई पर्ने र एड्स रोगीहरुको मृत्युदर १० गुना बढ्ने भन्दै सहायता नरोक्न अपिल पनि गर्नुभएको छ ।

फाउन्डेशन फर एड्स रिसर्चको विश्लेषण अनुसार अमेरिकी सहयोगका कारण विश्वका दुई करोड एड्स रोगीहलाई मद्दत पुग्ने गरेको छ ।