Logo २२ कार्तिक २०८३, आइतबार | Sun, Nov 8, 2026


आज कुकुर तिहारसँगै लक्ष्मीपूजा मनाइँदै


0
Shares

काठमाडौं । तिथिमा आएको घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा एउटै दिन परेको छ। पञ्चाङ्ग निर्णय समितिका अनुसार आज बिहान कुकुरको पूजा गरी साँझ धनधान्यकी देवी लक्ष्मीको आराधना गरिनेछ।

हिन्दू धार्मिक परम्पराअनुसार कुकुरलाई यमराजको द्वारपालका रूपमा लिने गरिन्छ। यमलोक जाने क्रममा कुकुरले बाटो छोडिदिने धार्मिक मान्यता रहेकाले कुकुर तिहारका दिन यसलाई मीठा परिकार खुवाएर पूजा गर्ने चलन छ।

मानिसको आज्ञा पालना गर्ने तथा घरको सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनावरका रूपमा पनि कुकुरको विशेष सम्मान गरिन्छ।

साँझ लक्ष्मीको पूजा गरिँदै

तिथिको घटबढका कारण आजै साँझ लक्ष्मीपूजा गर्नुपर्ने भएको हो। धन, वैभव, सुख र समृद्धिकी प्रतीक देवी लक्ष्मीको आराधना गरी यो पर्व मनाउने परम्परा छ।

लक्ष्मीपूजाका लागि घर तथा आँगन सफा गरेर दीप, फूलमाला र रंगोलीले सजाउने गरिन्छ। साँझ दीप प्रज्वलन गरी घरलाई उज्यालो बनाउँदै देवी लक्ष्मीको स्वागत गरिन्छ।

लक्ष्मीपूजाका दिन घरमा दीपावली गर्दा सुख, शान्ति, धनधान्य र समृद्धि भित्रिने धार्मिक विश्वास रहिआएको छ।

Skip This