एजेन्सी ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले फेरि विदेशी वस्तुहरुको आयातमा कर बढाउने आदेश जारी गर्नुभएको छ । आगामी अक्टोबर १ देखि लागू हुने गरी जारी गरिएको कर आदेशमा विदेशबाट आयात हुने औषधी, किचन तथा वाथरुम सामग्री, फर्निचरलगायत रहेका छन् । राष्ट्रपति ट्रम्पले गएराती जारी गरेको आदेश अनुसार विदेशबाट आयात हुने फर्मास्युटिकल्समा शत प्रतिशत कर लगाइने छ…