काठमाडौं । अक्सफोर्ड युनिभर्सिटीले क्लिनिकल ट्रायलमा सहभागी एकजना बिरामी हुँदा भ्याक्सिनको ट्रायल रोकेको छ । कोभिड नियन्त्रणका लागि भ्याक्सिनको मानव परीक्षणका क्रममा एक व्यक्ति बिरामी भएपछि अक्सफोर्ड र एस्ट्राजेनेका युनिभर्सिटीले भ्याक्सिनको ट्रायल रोकेका हुन् । परीक्षणमा समावेश एक व्यक्ति विरामी भएको र उसको रोगबारे पूर्ण जानकारी प्राप्त नभैसकेकाले तत्काल का लागि परीक्षण रोकिएको जनाइएको छ…