काठमाडौं, साउन २७ । कोरोना भाइरसबाट संक्रमित भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको छ । मस्तिष्कमा बनेको ब्लड क्लट हटाउनका लागि गरिएको शल्यक्रिया पश्चात ८४ वर्षीय पूर्व राष्टपति मुखर्जीलाई भेन्टिलटरमा राखिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । शल्यक्रिया पूर्व गरिएको कोरोना परिक्षणमा उहाँमा संक्रमण पुष्टि भएको थियो । सोमबार शल्यक्रिया भएको र शल्यक्रिया सम्पन्न भएको…