काठमाडौं । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले आफ्नो विजयी सम्बोधनमा एकता र सहकार्यका लागि आह्वान गर्नुभएको छ । गृहराज्य डेलवरको विलमिङटनबाट देशबासीलाई सम्बोधन गर्दै उहाँले मुलुकलाई विभाजित नगरेर जोड्ने बताउनुभयो । रातो र निलो रंगको राज्यलाई नहेरी संयुक्त राज्य अमेरिकातर्फ आफ्नो दृष्टि हुने उहाँको भनाइ थियो । जनताको भरोसालाई विनम्रतापूर्वक स्वीकार गरेको भन्दै बाइडेनले आफु…