इरानका सार्वजनिक कार्यक्रममा युरोपेली राष्ट्रहरु सहभागी नहुने, पत्रकारलाई मृत्युदण्ड दिएकोप्रति सर्वत्र आलोचना « Image Khabar


इरानका सार्वजनिक कार्यक्रममा युरोपेली राष्ट्रहरु सहभागी नहुने, पत्रकारलाई मृत्युदण्ड दिएकोप्रति सर्वत्र आलोचना


Imagekhabar
२९ मंसिर २०७७, सोमबार ०९:००

काठमाडौं । इरानमा पत्रकारलाई मृत्युदण्ड दिएलगत्तै चार वटा युरोपेली देशले इरानमा सञ्चालन गरिरहेको अनलाइन व्यापार फोरममा सहभागी नहुने जनाएका छन् ।

आज हुने भनिएको उक्त कार्यक्रममा फ्रान्स, इटाली, जर्मन र अष्ट्रियाका राजदूतहरुले बहिस्कार गर्ने बीबीसीले जनाएको छ ।

इरानी पत्रकार रुहल्लाह जामको हत्यापछि इरान र युरोपेली देशहरुबीच कुटनीतिक सम्बन्ध चिसिएको छ । सन् २०१७ मा इरानमा भएको वृहत प्रदर्शनको भिडियो अनलाइनमा राखेसँगै जामले फ्रान्समा शरण लिएका थिए ।

केही समयपछि इराकाट नियन्त्रणमा लिएर उनलाई इरान लगिएको थियो । उनलाई शनिबार मात्र फाँसी दिइएको थियो । इरानको उक्त निर्णयको सर्वत्र विरोध भइरहेको छ ।

युरोपियन युनियन, संयुक्त राष्ट्रसंघलगायत विभिन्न दातृ निकाययले इरानको उक्त कदमको कडा आलोचना गरेका छन् ।

सुधारवादी धर्मगुरु मोहम्मद अली जामका छोरा रुहल्लाह जामले लोकप्रिय सरकारको विरोध गर्दै अनलाइन पोर्टल चलाएको आरोप लगाइएको छ ।

उनीमाथि सन् २०१७–०१८ को सरकारविरोधी प्रदर्शन गर्न आन्दोलनकारीलाई उक्साएको आरोप पनि लगाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्