काठमाडौं, पुस २३ । अमेरिकी संसद भवनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका हिंस्रक समर्थकले हतियारसहित पसेर आतंक मच्चाएपछि राजधानी वासिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । हिंसात्मक झडपमा प्रहरीको गोली लागी चार जना मारिएका छन् । संसदले नोभेम्बर ३ मा भएको राष्ट्रपति चुनावको नतिजा अनुमोदन र प्रमाणीकरण रोक्न ट्रम्पको आह्वानमा हतियारधारी समर्थकले प्रदर्शन र आक्रमण गरेका हुन् ।…