इटलीमा अविश्वासको प्रस्ताव विफल, प्रधानमन्त्रीकाे पक्षमा ३ सय २१ मत • Image Khabar Image Khabar


इटलीमा अविश्वासको प्रस्ताव विफल, प्रधानमन्त्रीकाे पक्षमा ३ सय २१ मत


Imagekhabar
६ माघ २०७७, मंगलवार १९:०५

इटलीमा अविश्वासको प्रस्ताव विफल, प्रधानमन्त्रीकाे पक्षमा ३ सय २१ मत

एजेन्सी । इटलीका प्रधानमन्त्री गिउसेप कोन्टेविरुद्धको अविश्वासको प्रस्ताव विफल भएको छ । इटलीको तल्लो सदनमा सोमबार भएको मतदानबाट उहाँले विश्वासको मत कायम राख्न सफल हुनुभएको छ ।

तल्लो सदनका कुल ६ सय ३० सांसदमध्ये ३ सय २१ जनाले प्रधानमन्त्रीको पक्षमा मतदान गरेका थिए भने २ सय ५९ जनाको मत विपक्षमा परेको थियो । मतदानमा २७ जना अनुपस्थित रहेको संसद् सचिवालयका अधिकारीहरुले जनाएका छन् ।

पाँच वर्षे कार्यकाल रहेको संसदका लागि गत सन् २०१८ मा आम निर्वाचन भएको थियो । सरकारले बहुमत गुमाएकाले सरकार संकटमा रहेको भन्दै पूर्वप्रधानमन्त्री म्याट्टिओ रेन्जी नेतृत्वको इटालियन भिभा पार्टीले प्रधानमन्त्री कोन्टेलाई पदमुक्त गर्न अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्