काठमाडौं, कात्तिक २१ । नेपालीमा उखान छ, जस्तालाई तस्तै । त्यही उखानलाई साकार हुने गरी जलवायु अभियन्ता ग्रेटा थनबर्गले एउटा ट्वीट गर्नुभएको छ । सन्दर्भ छ, अमेरिकी निर्वाचनमा भइरहेको मतगणना र राष्ट्रपति डोनल्ड ट्रम्पले गर्नुभएको ट्वीटमा ग्रेटालले गर्नुभएको रिट्वीट । अहिले अमेरिकामा राष्ट्रपति निर्वाचन हार्ने अवस्थामा पुग्नुभएका ट्रम्पले अस्थीर र केही हदसम्म उत्तेजित अभिव्यक्ति दिइरहनु…