काठमाडौं, कात्तिक २० । अमेरिकी राष्ट्रपति पदका डेमोक्रेटिक उम्मेदवार पूर्वउपराष्ट्रपति जो बाइडेन जीत सुनिश्चित देखिएपछि राष्ट्रपति कार्यालय ह्वाइट हाउस जाने तयारीमा जुट्नु भएको छ । जीतको औपचारिक घोषणा भएको छैन भने चुनावी परिणामको अनुमानहरुमा पनि बाइडेनका लागि अझै ६ सीट कम देखिएको छ । यद्यपि, उक्त सीट मतगणना भइरहेको नेभादा राज्यबाट जुटाउने आंकलन गरिएको छ…