एजेन्सी । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको १२ वर्षे शासनलाई अन्त्य गर्ने गरी आज इजरायल संसदले नयाँ सरकार गठनलाई स्वीकृति दिने अपेक्षा गरिएको छ । दलहरूको गठबन्धनले अपेक्षा गरिएको सम्भावित सरकार एक सीटको झिनो अन्तरले मात्र बहुमतमा छ । मध्यमार्गी नेताहरूसँगको एउटा सत्ता साझेदारीको सम्झौताअनुसार दक्षिणपन्थी राष्ट्रवादी नेता नाफ्ताली बेनेट प्रधानमन्त्री हुने छन् । गठबन्धनसम्बन्धी सम्झौताअनुसार यामिना…