एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिका ताइवानको प्रतिरक्षामा उत्रिने बताएका छन् । ताइवानमाथि चीनले बढाउँदै लगेको दबावबारे सोधिएको प्रश्नमा राष्ट्रपति बाइडेनले भने 'हामी ताइवानको प्रतिरक्षामा उत्रिने छौं ।' राष्ट्रपति बाइडेनको यो भनाइलाई अमेरिकाले लामो समयदेखि अवलम्बन गर्दै आएको चीन सम्बन्धि नीतिको प्रस्थान बिन्दु मानिएको छ । ताइवानलाई आफ्नो अभिन्न अंग…