एजेन्सी । अमेरिकाका लागि अफगानिस्तानकी राजदूत अडेला राजले पदबाट राजीनामा दिनुभएको छ । अमेरिकास्थित अफगानिस्तानी दूतावासलाई लक्षित गरी केही प्रतिबन्धात्मक व्यवस्थाहरू गरेकाले दूतावासमा रहेर काम गर्ने अवस्था नरहेको भन्दै उहाँले राजीनामा दिनुभएको हो । पछिल्लो छ महिनामा अमेरिकामा खटाइएका अफगानिस्तानका राजदूतहरूले राजीनामा दिएकामध्ये उहाँ तेस्रो हुनुहुन्छ । वासिङ्टनमा रहेको अफगानिस्तानको दूतावासलाई अमेरिकामा कुनैपनि राजनीतिक तथा…