Logo १० बैशाख २०८३, बिहिबार | Thu Apr 23 2026


रुस र युक्रेनबीचकाे युद्धमा समाचार संकलन गर्ने क्रममा अमेरिकाका एक पत्रकार घाइते


91
Shares

काठमाडौं । रुस र युक्रेनबीचकाे युद्धको समाचार संकलनका क्रममा रहेका अमेरिकाको फक्स न्यूजका लागि काम गर्ने बेलायती पत्रकार बेन्जामिन हल किभ नजिक रुसी सेनाको आक्रमणमा परेका छन् ।

उनको किभ नजिकको एक अस्ततालमा उपचार भईरहेको छ । फक्स न्यूजका कार्यकारी निर्देशक सुज्यान स्कटले युद्धको समाचार संकलनका क्रममा विदेशी पत्रकारहरु जोखिम मोल्न बाध्य भएको भन्दै उनीहरुको साहसिक कदमको खुलेर प्रशंसा गर्नुभएको छ ।

सन् २०१५ देखि फक्स न्यूजमा आवद्ध हल मध्यपुर्वदेखि द्धन्द्धग्रस्त मुलुकहरुमा पुगेर काम गर्दै आएका चर्चित पत्रकार हुन् । उनको अवस्था गम्भीर रहेको बताईएको छ ।

यसअघि समाचार संकलनकै क्रममा युक्रेनमा अमेरिकी पत्रकार रिनाउड मारिएका थिए ।