एजेन्सी । अफगानिस्तानको कामचलाउ सरकारका कार्यवाहक प्रधानमन्त्री मुल्ला मोहम्मद हसन अखुन्दले अफगानिस्तानमा शान्ति र सुरक्षा कायम गर्न आह्वान गर्नुभएको छ । उहाँले युद्धग्रस्त मध्य एशियाली देशको पुनर्निर्माणका लागि प्रयास गर्न आह्वान समेत गर्नुभयो । कार्यवाहक प्रधानमन्त्री अखुन्दले अफगानिस्तानमा शान्ति र सुरक्षा फर्केर आएको वर्तमान अवसरलाई प्रशासन सुदृढीकरण, सुशासन, सुरक्षा स्थायित्व र देशको पुनर्निर्माणमा सदुपयोग गर्नुपर्नेमा…