Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


भारतमा बस दुर्घटना हुँदा २ नेपालीसहित ३ जनाको मृत्यु, २४ गम्भीर घाइते


1k
Shares

काठमाडाैं। भारतकाे उत्तर प्रदेशको बलरामपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा २ जना नेपालीसहित ३ जनाको मृत्यु भएको छ।

साेही दुर्घटनामा परी २४ जना यात्रु गम्भीर घाइते भएकाे जनाइएको हाे। साेमबार राति करिब २ बजे बुटवलबाट नेपाली यात्रु लिएर गएको बस बलरामपुरमा दुर्घटनामा परेको हो। बसमा बुटवलको शुभसाइत ट्राभल्सबाट टिकट काटेर गएका ४५ जना यात्रु रहेका थिए। बस ट्रकसँग ठोक्किएपछि आगो लाग्दा जलेर यात्रुहरूको मृत्यु भएको र घाइते भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

साेही घटनाकाे बारेमा थप बुझ्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको हाे।