Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


भारतसहित ३ देशका राजधानीमा वायु प्रदूषण उच्च

श्वासप्रश्वास र आँखा पाक्ने रोगको संक्रमण पनि बढ्याे

442
Shares

एजेन्सी। भारतको राजधानी नयाँ दिल्लीमा वायुको गुणस्तर अत्यन्तै खराब अवस्थामा पुगेको छ।

भारतको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी) का अनुसार बुधबार बिहान दिल्लीको एअर क्वालिटी इन्डेक्स एक्यूआई ३ सय ७६ माथि अर्थात निकै खराब अवस्थामा पुगेको भारतीय संचार माध्यमहरुले जनाएका हुन् । सीपीसीबीका अनुसार दिल्लीका धेरै स्थानमा एक्यूआई ४ सय भन्दा माथि पुगेको छ। सबै प्रमुख स्थानमामा वायु गुणस्तर गम्भीर तहमा पुगेको समाचारमा जनाइएको छ।

वायु प्रदूषणबाट दिल्लीको जनजीवन नराम्ररी प्रभावित भएको हाे। साथै श्वासप्रश्वास र आँखा सबन्धी संक्रमण निकै बढेको जनाइएकाे छ। अहिले पाकिस्तानको लाहोर शहर विश्वमै सबै भन्दा प्रदूषित शहरको सूचीमा पहिलो नम्बरमा रहेको छ। भारतकाे दिल्ली भने दोस्रो नम्बरमा रहेको छ।

साथै बंगलादेशको राजधानी ढाका वायु प्रदूषणको सूचीमा तेस्रो नम्बरमा परेको रहेकाे हाे ।