काठमाडौं । क्यानाडामा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गर्दा गरी दुई जनाको मृत्यु भएकाे छ । भ्यानकुभर नजिकै शृंखलाबद्ध गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको हो । घटनामा अन्य दुई जना भने घाइते भएका छन्। प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारीकाे पनि मृत्यु भएकाे छ । घाइते एक महिलाको अवस्था भने गम्भीर रहेको जनाइएकाे छ ।…